स्मार्टफोनको युगमा सानी छोरीलाई मैले कसरी किताबको कीरो बनाएँ ?

देखापढी

काठमाडौं

मेरी आठ वर्षे छोरी फ्लोरा किताबको कीरो नै हुन्। उनलाई पढ्नका लागि बेग्लै कोठा वा ठाउँ चाहिँदैन। बाथरुममा, टेबलमा, बिस्तारामा सिरकमुनि सानो टर्चको सहारामा जहाँ पनि पढ्छिन् उनी। मैले थाहा पाएसम्म दुईपटक त बाटोमा पढ्दै हिँड्दा उनलाई चोट लाग्यो। “मलाई केही भा'छैन ममी”, पहिलोपटक ल्याम्पपोस्टमा ठोकिँदा उनले हँसिलो मुहार बनाएर भनेकी थिइन्।  

५ मार्च (बिहीबार) ‘विश्व पुस्तक दिवस’ हो। यो दिन जहाँसुकैका बालबालिकालाई पुस्तकसँग रमाउन र पठनको मजा लिन उत्साहित गरिन्छ। यो वर्षको पुस्तक दिवस एक अर्कालाई कथा सुनाएर मनाउने योजना छ। तर, मलाई भने फ्लोराले सार्वजनिक स्थलमा पुस्तक पढ्दा कसरी मानिसहरू छक्क पर्छन् भनेर सुनाउनुपर्दा दुःख लागिरहेछ।

प्रकाशित मिति: : 2020-03-03 00:19:50

प्रतिकृया दिनुहोस्