अष्ट्रेलियाको एक पत्रिकाले ८ पेज खाली पाना वितरण गरेको छ। कोरोना भाइरसको त्रासका कारण ट्वाइलेट पेपर अभाव भएपछि अष्ट्रेलियाको डार्बिनबाट प्रकाशित हुने एनटी न्युज पत्रिकाले खाली पाना वितरण गरेको हो।
अष्ट्रेलियाका सुपर मार्केटमा ट्वाइलेट पेपरको अभाव देखिएको छ। कतिपय स्थानमा ट्वाइलेट पेपर खरिद गर्ने विषयमा हात हालाहालको स्थिति समेत बनेको छ। यही कारणले पत्रिकाले आकस्मिक अवस्थाका लागि खाली पाना छापिएको जनाएको छ।
‘हो, हामीले साँच्चै छापेका हौं,’ पत्रिकाले आफ्नो ट्विटरमा लेखेको छ। ट्वाइलेटपेपर क्राइसिस प्रयोग गरेको छ। पत्रिकाले ती आठ पानालाई काट्ने र प्रयोग गर्ने तरिकासमेत छापेको छ।
पत्रिकाका सम्पादक म्याट विलियम्सले अष्ट्रेलियाको गार्जियन पत्रिकासँगको अन्तर्वार्तामा खाली पाना छपाई सही भएको तर्क गरेका छन्।
अष्ट्रेलियाको सबैभन्दा ठूलो सुपरमार्केटले खरिदकर्ताका लागि सीमा तोकेको छ। प्रति व्यक्ति चार प्याकेटमात्र खरिद गर्न पाउने नियम लागू गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया