
एजेन्सी
नासाले प्रत्यक्ष फिडमा समातेको वस्तु युफओ नभएको बताएको छ।
नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहेका क्यामेराले पृथ्वीको वरिपरि कक्षामा एक अनौंठो, शंकु आकारको वस्तु भेटाएका थिए। त्यस वस्तुलाई युफओ भनेर नाम दिइएको थियो र नासाको लाइभ फिडहरूमा देखाइएको पनि थियो।
यस वस्तुमा धेरै प्रश्न उठेका थिए तर यो वस्तु युफओ नभएर सेवानिवृत्त संचार घटक रहेको कुरा नासाले पुष्टि गरेको छ।
लगभग दुईअघि नासाको प्रत्यक्ष फिडले उडान भएको वस्तुको फुटेज एक यूट्यूब च्यानलमा साझा गरेको थियो, जसलाई ईटी डाटाबेस भनिन्छ।
‘प्रख्यात युएफओ वाचक स्कट सीवारिङ (युएफओ साइट्स डेली र यूट्यूब च्यानल ईटी डाटाबेसका निर्माता) द्वारा यस भिडियोलाई होस्ट गरिएको थियो। त्यो नासाले युफओलाई जूम गरेको हो मैले होइन,’ वारिङले फुटेजको नोटमा भनेका छन्।
एक आइएसएस दैनिक रिपोर्टअनुसार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) ले फेब्रुअरी २१ मा लगभग १ सय ५० मिनेट भिडियोमा समातिएको वस्तु युएफओ होइन, यसको सट्टा यो सेवा निवृत्त संचार घटक हो भनेर रिपोर्ट गरेको छ।
प्रश्नमा रहेको यो वस्तु जापानी प्रयोग मोड्युल अन्तर–कक्ष सञ्चार प्रणाली हो भनेर पुष्टी गरिएको छ र यसलाई खुला सुविधाको रुपमा लिएको छ।
आईएसएसमा नियमित मर्मतसम्भार प्रक्रियाको क्रममा वारिङलेअन्तरिक्ष स्टेशनको छेउमा घुम्दै गरेको वस्तु शंकु आकारको धातु देखेर त्यसलाई युफओको नाम दिए। त्यो फुटेज करीव २२ मिनेटसम्मको रहेको छ।
भिडियोमा वस्तु बढेको वेग शुरू हुन्छ र माथि ठाडोमा तानिन्छ।क्यामेराले शंकु आकारको वस्तुलाई जूमइन गरेको देख्न सकिन्छ।
नासाले आईएसएसबाट प्रत्यक्ष हेराइहरू रेकर्ड गर्न, उच्च परिभाषा अर्थ–अवलोकन प्रणाली (यचडीईभी)को प्रयोग गर्दछ।त्यहाँ भएको क्यामेरा प्रणालीलाई नोड–२ भनिन्छ र यो क्यामेरा आईएसएसको अगाडिको भागमा अवस्थित छ।
वारिङले जनवरी २०२० मा नासाको लाइभ फिडहरूमा एक ध्वनि देखेको कुरा र साथसाथै अन्य ग्रहहरु र जीवनको बारेमा पनि आफ्नो वेबसाइटमा साझा गरेका छन्। हामी अन्तरिक्षको बारेमा र त्यहाँ भएको क्यामेराले समातेको वस्तुको बारेमा थाहा पाउदैनौ त्यसैले नासाले के भन्छ त्यो कुरा विश्वास गर्नु नै ठिक हुन्छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया