इटलीमा रहेका नेपाली भन्छन्- 'रेड जोन घोषणा भएपछि आत्तिएका छौं'

रोजिना थापा

कोरोना भाइरस संक्रमणको जोखिमले पैदा गरेको अत्यास त छँदै थियो। सुरक्षा, उपचार र उद्धारबारे जानकारी नै नपाउँदा त्यहाँ रहेका नेपालीहरूमा चिन्ता पनि थपिएको छ। 

कोरोना भाइरस संक्रमणको दर उच्च भएपछि युरोपियन मुलुक इटली ठप्प छ। त्यहाँका करीब ६ करोड मानिस घरभित्रै बस्न (सेल्फ क्वारेन्टाइन) बाध्य छन्। चाहेर पनि बाहिर निस्कने अवस्था छैन। 

इटलीमा कोरोना भाइरसको संक्रमण फैलिएर हालसम्म नौ हजार जनालाई प्रभावित बनाइसकेको छ। ४६३ जनाले त ज्यानै गुमाइसकेका छन्। 

इटलीमा करीब एक हजारको हाराहारीमा नेपालीहरू पनि रहेका छन्। उनीहरू मध्ये कसैलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि अहिलेसम्म भइसकेको त छैन। तर, संक्रमणको डरले त्यहाँ रहेका नेपालीहरू निकै नै अत्तालिएका भने छन्। 

कोरोना भाइरस संक्रमणको जोखिमले पैदा गरेको अत्यास त छँदै थियो। सुरक्षा, उपचार र उद्धारबारे जानकारी नै नपाउँदा त्यहाँ रहेका नेपालीहरूमा चिन्ता पनि थपिएको छ। 

अध्ययन, व्यापार-व्यवसाय र रोजगारीका सिलसिलामा नेपालीहरू इटली पुगेका छन्। करीब २ सातामै देशै ठप्प पारिदिएको कोरोना भाइरसको भयले अत्तालिएका नेपालीहरू फर्कन चाहेका त छन्। तर फर्कने उनीहरूको वसमा मात्र छैन। किनभने सिंगो इटलीलाई नै रेड जोन घोषणा गरेर मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। 

प्रकाशित मिति: : 2020-03-11 04:56:50

प्रतिकृया दिनुहोस्