बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिउड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ।
न्यू योर्कको एक अदालतले वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको हो।
गत महिना बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दोषी पाइएका थिए। अदालतको पछिल्लो फैसलालाई ‘मीटू’ अभियानका सदस्यहरूले स्वागत गरेका छन्।
कुनै समयमा हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका ६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए। उमेर र चलचित्र उद्योगमा उनको योगदानको कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूको थियो।
उनीहरूले पाँच वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए। तर अभियोजनकर्ताहरूले त्यसको विपक्षमा पैरवी गर्दै उनीविरुद्ध अधिकतम सजाय हुनुपर्ने माग गरेका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया