बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिउड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ।
न्यू योर्कको एक अदालतले वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको हो।
गत महिना बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दोषी पाइएका थिए। अदालतको पछिल्लो फैसलालाई ‘मीटू’ अभियानका सदस्यहरूले स्वागत गरेका छन्।
कुनै समयमा हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका ६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए। उमेर र चलचित्र उद्योगमा उनको योगदानको कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूको थियो।
उनीहरूले पाँच वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए। तर अभियोजनकर्ताहरूले त्यसको विपक्षमा पैरवी गर्दै उनीविरुद्ध अधिकतम सजाय हुनुपर्ने माग गरेका थिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया