
सुरेन्द्र राना ‘घुमफिरे’
बर्दियाको गोविन्दपुर गाउँमा एकाबिहानै मन्द गतिमा घाम लागेको थियो। तराईमा शितलहर हट्दै थियो, दिन छिप्पिँदै गर्दा विस्तारै सूर्यको तापले तराईको जमिन न्यानो हुँदै थियो। बारीमा तोरी पहेंलपुर थियो। खेतमा टौवा ठडिएका थिए। वरपर सामुदायिक वनभित्र छरपस्ट थारु गाउँ। सामुदायिक भवनमा थारु पहिरनमा सजिएका महिलाले आगन्तुकलाई धमाधम टिका र फुलमालाले स्वागत गरे। माला लगाएर बसेपछि कास्कीको ताङतिङबाट आएका महिलाले सुन्दर नृत्य प्रस्तुत गरे भने गोविन्दपुरका महिला र पुरुषले थारु नृत्यमा माहौललाई रमाइलो बनाए। यसरी त्यो दिन ताङतिङ र गोविन्दपुर होमस्टेबीच मितेरी साइनो गासिँदैथ्यो। मितेरी साइनोको चाँजो भिटोफ गण्डकी प्रदेशले मिलाएको थियो।
ठाकुरबाबा नगरपालिका–५, बर्दियामा पर्दछ गोविन्दपुर होमस्टे। बर्दिया राष्ट्रिय निकुञ्ज छेउकोे होमस्टे ०७५ सालदेखि सञ्चालनमा आएको। होमस्टेको पश्चिममा खोदाउ सामुदायिक वन छ। त्यहाँ धार्मिक आस्था केन्द्र ठाकुरद्वारा मन्दिर छ। जिपमा निकुञ्ज घुमेर जंगली जनाबर र चराको अवलोकन गर्न सकिन्छ।
हाल गाउँका १२ घरमा होमस्टेमा सुविधा छ। तराईका भुगोल, प्राकृतिक दृश्य, थारु समुदायको रहनसहन, जीवनशैली, थारु संस्कृतिक झल्किने नाचगान, खानपिन यहाँका मुख्य विशेषता हुन। होमस्टेका प्रमुख आकर्षणहरूमा मचानबाट दृश्यावलोकन, पानीपोखरी विचरण, लढियाको सवार, ठाकुरबाबा मन्दिर, कृष्णसार अवलोकन र सांस्कृति नाचगान हुन्। होमस्टेमा थारु लोकपरिकार ढिकरी, घोंगि, झिंगे माछा र अनदीको परिकार पाक्छ।
कसरी पुग्ने:
पूर्वपश्चिम महेन्द्र राजमार्गको भुरी गाउँदेखि ५ किमी दक्षिण पश्चिममा पर्छ गोबिन्दपुर। बर्दिया सदरमुकाम गुलरियाको हुलाकी सडक हुँदै ५ किमि बगनाहा बजारदेखि १.५ किम पश्चिमबाट पनि जान सकिन्छ।
होमस्टे प्याकेज:
मासु खाना २०० रुपैयाँ, भेज खानाको १५० रुपैयाँ, अट्याच बाथरुम सहित कोठाको ६०० रुपैयाँ र नाचगान प्याकेजको २५०० (२ घण्टा) रुपैयाँ पर्छ।
सम्पर्कः
वीरबहादुर थारु (अध्यक्ष)–९८४८१८६७३५
जीवन थारु (सचिव)–९८४८०३३६२७
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया