प्रहरी बढुवामा किन अवरोध बन्दैछ गृह मन्त्रालय ?

देखापढी

काठमाडौं

बीपी अनमाेल

नेपाल प्रहरीमा अहिले १९ जना नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त छ। २९ माघमा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अवकाश पाएसँगै रिक्त रहेका पदमा बढुवा नहुँदा पाँचवटा प्रदेश प्रहरी कार्यालयदेखि धेरैजसो महत्त्वपूर्ण प्रहरी कार्यालय निमित्तका भरमा चलिरहेका छन्।

गृह मन्त्रालयले गत १५ फागुनमा तीनजना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेकाले थप तीनजना डीआईजीको पद पनि चाँडै रिक्त हुँदैछ। अर्थात् अब २२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्नुपर्ने छ।

प्रकाशित मिति: : 2020-03-14 05:59:14

प्रतिकृया दिनुहोस्