
धादिङका हिमेश पन्तले रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि जितेपछि विवाद उत्पन्न भएको छ ।
च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुन मगर (खबपु)लाई पाखा लगाउँदै उपाधि हात पारेका हुन।
पन्तले उपाधि हात पारेपछि खड्गबहादुर पुनका समर्थकहरुले विवाद उत्पन्न गराएका छन्। कलाकार नन्द घर्ति मगरले भोटिङ खबपुलाई हराउन धाँधली गरेको आरोप लगाएका छन्। उनले चार बजेसम्म भोट भएको दाबी गर्दै आयोजकले १२ बजेसम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन्।
उनले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको समेत आरोप लगाए । उनले खबपुलाई हराउन इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया बनाएको आरोपसमेत लगाए।
उनले रिजल्ट नदेखाए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।
जज सन्ताेष पन्त भन्छन्, ‘हिमेशको भोट १० लाखले बढी छ।’
निर्णायक पन्तले भोटमा चलखेल नभएको बताउदै इसेवाको भोट हेर्न समेत आग्रह गरेका छन्।
उनले भने ‘हेर्न चाहनु हुन्छ भने इसेवाको भोट छ हेर्नुहोस्। विदेशबाट आएको भोटमा १ लाख र इसेवाबाट आएको भोटमा ९ लाखको अन्तर रहेको छ।’
उनले भोटको अधिकार जनतालाई दिएको हुनाले जजको कुनै दोष नरहेको स्पस्ट पारे।
विशाल भण्डारीको निर्देशन तथा केकी अधिकारीको निर्माण रहेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया