वुहानमा काेराेना संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु : अध्ययन

एजेन्सी

काठमाडाै‌ं

सबैभन्दा पहिले कोरोना भाइरस संक्रमणण पुष्टि भएको चीनको वुहान सहरमा संक्रमणणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ। 

बिहीबार अनुसनधानबारे सार्वजनिक रिपोर्ट अनुसार विश्वभर संक्रमणणका दुई लाखभन्दा बढी बिरामीमध्ये एउटै सहरमा सबैभन्दा धेरै चीनको वुहानमा संक्रमित भएका थिए भने त्यसमध्ये १.४ प्रतिशतको मृत्युको कारण भाइरससंक्रमणण रहेको छ।

विश्व स्वास्थ्य संगठनले यसै महिना दिएको जानकारीमा विश्वव्यापीरूपमा संक्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भएको बताइएको थियो। यसबारे विज्ञहरूले कोरोना संक्रमणणको परीक्षण गर्ने सिमित क्षमताका कारण सङ्ख्या बढी देखिएको भएपनि वास्तविक मृत्युदर उल्लेख्यरूपमा कम रहेको दावी गरेका छन्। 

अनुसन्धानकर्ताहरूले चीनको वुहानबाट प्राप्त विभिन्न आठ निजी तथा सरकारी तथ्याङ्क स्रोतहरूलाई समीक्षा गरेको र त्यसबाट वास्तविक मृत्यु दर आएको उल्लेख गरेका छन्।

 स्रोतहरूमा पुष्टि भएका विरामीहरूको वुहानबाट प्रकाशित तथ्याङ्क, पुष्टि भएका हवाई यात्रुका विवरण, पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको उमेरगत विवरण र संक्रमितको सुरूवाती तथ्याङ्क र मृत्युलगायत आठथरी विवरण रहेका छन्।

अध्ययनका लागि फेब्रुअरी २९ सम्मको तथ्याङ्क समावेश भएको र त्यतिवेलासम्म मुख्यभूमि चीनमा दुई हजार ८३८ व्यक्तिको मृत्यु भएको थियो भने ७९ हजार ३९४ व्यक्तिमा संक्रमणण पुष्टि भएको थियो। 

प्रकाशित मिति: : 2020-03-20 11:26:59

प्रतिकृया दिनुहोस्