एजेन्सी
स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ। कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका ७६ वर्षका सान्जको शनिबार निधन भएको हो।
सान्जको निधनबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गरेर जानकारी दिएका हुन्।
उनी सन् १९९५ देखि २००० सम्म मड्रिडको अध्यक्ष थिए। सो अवधिमा मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो।
सन् २००० मा उनी अध्यक्षका लागि भएको चुनावमा फ्लोरेन्टिनो पेरेजसँग पराजित भएका थिए।
सान्जका छोरा फेर्नान्डोले सन् १९९६ देखि १९९९ सम्म मड्रिडबाट खेलेका थिए। त्यसपछि उनी सात वर्ष मालागाबाट खेलेका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया