एजेन्सी
स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ। कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका ७६ वर्षका सान्जको शनिबार निधन भएको हो।
सान्जको निधनबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गरेर जानकारी दिएका हुन्।
उनी सन् १९९५ देखि २००० सम्म मड्रिडको अध्यक्ष थिए। सो अवधिमा मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो।
सन् २००० मा उनी अध्यक्षका लागि भएको चुनावमा फ्लोरेन्टिनो पेरेजसँग पराजित भएका थिए।
सान्जका छोरा फेर्नान्डोले सन् १९९६ देखि १९९९ सम्म मड्रिडबाट खेलेका थिए। त्यसपछि उनी सात वर्ष मालागाबाट खेलेका थिए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया