नेपाली चेली, जसले लन्डनमा आफै‌ंले गरिन् काेराेना स‌ंक्रमण भएकाे घाेषणा

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

कोरोना भाइरस संक्रमणको डरले सामान्य बिमारीको घटना पनि लुकाउने अवस्था नेपालमा उत्पन्न भइरहेको अवस्थामा बेलायतमा बसोबास गर्दै आइरहेकी एक नेपाली चेलीले उदाहरणीय काम गरेकी छिन्। 

उनले आफ्नो समूहमा कोरोनाको संक्रमण नफैलियोस् भन्ने उद्धेश्यका लागि आफैंले आफू कोरोना भाइरसको शिकार भएको रहोस्यद्घाटन गरेकी छिन्। 

उनको नाम हो, भगवती रानाभाट। लम्जुङ तारकुघाटकी उनी डा. मीन रानाभाटकी श्रीमती हुन्। उनले आफ्नो सोशल मिडिया पेज फेसबुकमा स्वास्थ्य लाभ लिइरहेको एउटा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै!! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले साबधानी अपनाउन सक्नुहुने छ। हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध।’

उनी हाल लन्डनमा बसोबास गर्दै आइरहेकी छिन्। 

प्रकाशित मिति: : 2020-03-23 19:08:45

प्रतिकृया दिनुहोस्