चिनियाँ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका बिरामी पहिचान गर्ने नयाँ एप निर्माण गरेको छ। ‘द शिल्ड हामेगेन’ नामाकरण गरिएकाे यो एपले कोरोना संक्रमितको सम्पर्कमा आउनबाट सचेत गराउने मन्त्रालयले जानकारी दिएकाे छ।
आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रायलले यो एपले १४ दिनअघि नै कोरोना संक्रमित बिरामीको सम्पर्कमा कोही आए/नआएको पहिचान गर्न मद्दत गर्ने दाबी गरेको छ।
यस एपले काेराेना संक्रमित भए कसरी बच्ने र के गर्नेलगायतका थुप्रै जानकारी समेत उपलब्ध गराउनेछ।
‘यो एप एक प्राविधिक उपकरण हो। जसले हामीलाई छिटो र सही तरिकाले जान्ने क्षमता प्रदान गर्नेछ। यदि हामी कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा छौं भने यसले नजिक आउनबाट राेक्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयका अनुसार संक्रमितको स्थानको बारेमा जानकारी दिनेछ। साथै यसले संक्रमितको अवस्थाबारे स्वास्थ्य मन्त्रालयमा डेटा उपलब्ध गराउछ। यसबाटै अन्य व्यक्तिलाई संक्रमितबाट टाढा हुन आग्रह गर्दछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया