
चिनियाँ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका बिरामी पहिचान गर्ने नयाँ एप निर्माण गरेको छ। ‘द शिल्ड हामेगेन’ नामाकरण गरिएकाे यो एपले कोरोना संक्रमितको सम्पर्कमा आउनबाट सचेत गराउने मन्त्रालयले जानकारी दिएकाे छ।
आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रायलले यो एपले १४ दिनअघि नै कोरोना संक्रमित बिरामीको सम्पर्कमा कोही आए/नआएको पहिचान गर्न मद्दत गर्ने दाबी गरेको छ।
यस एपले काेराेना संक्रमित भए कसरी बच्ने र के गर्नेलगायतका थुप्रै जानकारी समेत उपलब्ध गराउनेछ।
‘यो एप एक प्राविधिक उपकरण हो। जसले हामीलाई छिटो र सही तरिकाले जान्ने क्षमता प्रदान गर्नेछ। यदि हामी कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा छौं भने यसले नजिक आउनबाट राेक्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयका अनुसार संक्रमितको स्थानको बारेमा जानकारी दिनेछ। साथै यसले संक्रमितको अवस्थाबारे स्वास्थ्य मन्त्रालयमा डेटा उपलब्ध गराउछ। यसबाटै अन्य व्यक्तिलाई संक्रमितबाट टाढा हुन आग्रह गर्दछ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया