प्रदेश १ मा कोरोना भाइरसको संक्रमण फैलिन नदिन कस्तो छ तयारी?

देशसञ्चार

विराटनगर

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ ले भाइरसको संक्रमण रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश समिति गठन गरेर काम गरिरहेको छ ।

यसक्रममा प्रदेश सरकारले १४ जिल्लाका विभिन्न अस्पतालमा संक्रमित उपचारका लागि आइसोलेसन वार्ड तयार गरिरहेको छ। त्यसैगरि नेपाली सेनाको सहयोगमा मोरङ, झापा र उदयपुरमा ४४० शैय्याको क्वारेन्टाइनको पनि स्थापना गरिसकेको छ। तथापि संक्रमितको उपचारका लागि तयारी अपेक्षाकृत नरहेको चिकित्सकहरुको भनाई छ।

त्यसैगरी प्रदेश सरकारले विराटनगरको कोशी अस्पताल, विराटनगर शिक्षण अस्पताल, नोवेल शिक्षण अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापा विर्तामोडको वीएण्डसी अस्पताल र मेची अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जनाएको छ।

कोशी अस्पतालमा तयारी

प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फिजिसियन डा. डेनप्रसाद आचार्यलाई फोकलपर्सनका रुपमा तोकेको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन पूरा गरेका डा. आचार्य हाल कोशी अस्पताल विराटनगरमा कार्यरत छन्। कोशीमा समेत उनी आइसोलेसन वार्डसँगै संक्रमितको उपचारका लागि केन्द्रित हुनेछन्।

प्रकाशित मिति: : 2020-03-25 03:47:53

प्रतिकृया दिनुहोस्