बिएल संवाददाता
नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ। कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो व्यवस्था गरेको हो।।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ व्यवस्था लागु गरिएको जानकारी दिए।
‘अब डिलरले एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाई बिक्रीवितरण गर्नुपर्नेछ। बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्नुपर्नेछ,’ उनले भने, ‘उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले जुनसुकै बेला माग गर्न सक्नेछ।’
ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा रहेको बुलेटको परिमाण र गोदाममा भरिराखेको सिलिन्डरको परिमाणको अभिलेख राखेर निगममा पठाउन निर्देशन दिएको छ। यस्तै ग्यास उद्योगले डिलरलाई बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण पनि नियमित परीक्षण गर्न निर्देशन दिएको छ।
‘अघिल्लो दिन बिक्रीवितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने फेहरिस्त विवरण प्रत्येक दिन बिहान १० बजेभित्र जिल्ला प्रशासान कार्यालय तथा निगममा पठाउन पनि निर्देशन दिएका छौं,’ उनले भने । निगमले ग्यास उद्योगको भण्डारणको जिम्मा गृहलाई दिइने जनाएको छ ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया