
रासस
रोल्पा अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने मेडिकल सामग्री उपलब्ध नभएको गुनासो आइरहेका बेला रोल्पा नगरपालिकाले मेडिकल सामग्री अस्पतालाई प्रदान गरेको छ।
नगरप्रमुख पूर्ण केसीले अस्पतालका प्रमुख डा धनमाया घर्तीलाई ती सामग्री प्रदान गरे। नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइ सेट पाँच, बेडसिट पाँच थान, फलामको बेड, सिरानी, सर्जिकल पञ्जा, स्यानिटाइजर, आइभी क्यानुलालगायतका सामग्री हस्तान्तरण गरिएको छ।
'हाल ११ थरिका सामग्री हस्तान्तरण भयो, निकट भविष्यमा थप थान वेडसिट आउने तयारीमा छ”, नगर प्रमुख केसीले भने। जिल्ला अस्पतालमा मेडिकल सामग्रीको अभाव रहेको चिकित्सकहरुबाट गुनासो आउन थालेपछि यसअघि रोल्पा उद्योग वाणिज्य सङ्घ र निर्माण व्यवसायी सङ्घ रोल्पाले १००÷१०० थान मास्क हस्तान्तरण गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले १५ थान कम्बल, पाँच थान म्याट्रिक्स र १०० थान मास्क हस्तान्तरण गरेको थियो।
यसअघि रोल्पा अस्पतालका चिकित्सकले कोरोना सङ्क्रमणको आशङ्का गरिएका बिरामी जाँच गर्दा लगाउने मेडिकल सामग्री नभएको गुनासो गरेका थिए।
उनीहरुले आइसोलेसन कक्षभन्दा पहिला स्वास्थ्यकर्मीका लागि मेडिकल सामग्रीको जरुरी रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया