 
                                            
                                        
                                     
                                रासस
 
                                लमजुङको क्व्होलोसोथर गाउँपालिकाले निःशुल्क दुईवटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।
कोराना भाइरसका सङ्क्रमण भएका, आशङ्का भएका र कुनै बिरामीलाई परीक्षणका लागि पालिकावासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका भित्रको कुनै पनि नागरिकमा सङ्क्रमण हुन सक्ने र भएमा तत्काल उपचारका लागि दुई एम्बुलेन्स निःशुल्क गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए।
उनले भने, 'गाउँपालिकाको आफ्नै एम्बुलेन्स नभए पनि विभिन्न ठाउँबाट भाडामा लिएर सङ्क्रमणको अवधिभर गाउँपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागिएको हो।'
गाउँपालिकाले वडा नं। १ देखि ४ वडावासीका लागि ग२च ७३९२ नंको एम्बुलेन्स र वडा नं। ५ देखि ९ नम्बर वडावासीका लागि ग१झ ४४८ नम्बरको एम्बुलेन्स गरी दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताए।
उनले भने, 'अन्य स्थानबाट गाउँपालिका प्रवेश गर्ने मानिसलाई फर्काएका छौँ।' गाउँपालिकाको दुई स्थानमा स्वास्थ्य सहायत कक्ष राखिएको उनको भनाइ छ
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया