बिएल संवाददाता
                                पोखरा र आसपासमा रहेका आफ्ना ५९ जना नागरिकलाई फ्रान्सले सरकारको सहयोगमा उद्धार गरेको छ। ती मध्ये कतिपय मुस्ताङ घुम्न गएका पर्यटक पनि छन्।
नेपालभर एक हप्ताको लकडाउन घोषणा गरेपछि उनीहरु यतै फसेका थिए। उनीहरूलाई बिहिबार बुद्ध एयरको चार्टर्ड विमानबाट काठमाडौं ल्याइएकाे हो।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर लक डाउन घोषणा गर्दै एक हप्ताका लागि जो जहाँ छन् त्यही आग्रह गरेको थियो । सोही कारण पोखरा र आसपासमा थुप्रै देशका नागरिक रहेका हुन सक्छन्।
यो सँगै देशभर लागू भएको लकडाउनको तेस्रो दिन बिहीबार विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेका १ सय ३७ पर्यटकको उद्धार गरिएको छ।
यीमध्ये मुस्ताङको जोमसोम बजारबाट ४६ जना पर्यटकसहित नेपालीलाई बिहीबार बिहान काठमाडौं ल्याइएको छ। उनीहरु ठमेलस्थित विभिन्न होटलमा आफैं आइसोलेसनमा बसेका छन्।
लुक्लाबाट बिहीबार ६ जना फ्रेन्चसहित अन्य युरोपियन मुलुकका १४ जनालाई तारा एयरको विमानबाट काठमाडौं ल्याउन सघाएको छ।
उनीहरु नयाँ बानेश्वरस्थित होटल एभरेष्ट र केही ठमेलका पर्यटकीय होटलमा आइसोलेसनमा बसिरहेका छन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया