बिहिबार, ३१ जुलाई २०२५

इटालीमा कोरोना कारण एकै दिन ९१९ जनाको मृत्यु

एजेन्सी

एजेन्सी

काठमाडाै‌ं
News Image
• • •

इटालीमा एकै दिन कोरोना भाइरसका कारण ९ सयजना भन्दा बढीको ज्यान गएको छ।

शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो। योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ।

बिहीबार मृत्यु हुनेको संख्या कम भएपछि अब सो क्षेत्रमा अवस्था सुधार हुँदै गएको हो कि भन्ने अपेक्षा गरिएको थियो। तर शुक्रबार अहिलेसम्मकै धेरैको मृत्यु भएपछि चिन्ता थपिएको छ।

नयाँ संक्रमण दर भने बिहीबार भन्दा केही कम देखिएको छ। शुक्रबार इटालीमा पाँच हजार ९५९ जनामा नयाँ संक्रमण देखिएको छ।

इटालीमा कुल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ। यस्तै देशको दक्षिणी क्षेत्रमा संक्रमण फैलिने चिन्ता पनि थपिएको छ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन्। तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन।

लकडाउन अप्रिल तीनपछि पनि लागु हुने शुक्रबार सरकारी अधिकारीले बताएका थिए। कोभिड–१९ कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा ज्यान गुमाउनेको संख्या तीव्र बढेको हो।
 

शनिबार, चैत्र १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)