कुसुम गौतम
आकारविनाका
एक सामूहिक आतङ्कवादीहरू
मनुष्यहरूको लापरवाहीमा
आविष्कृत भएर आए
संसारको कुनै कुनाबाट
आधुनिक असुरहरू
(कोरोना)
मानव सामाज र मानव सत्तालाई चुनौती दिँदै
संसारकै विनाशका लागि
अगाडि बढिरहेका छन्
आफूभित्र लुकाएका
विषाक्त कणहरू छर्दै
तहस नहस पार्न तम्सेका छन्
मानुषिक भित्री क्षमता शक्तिलाई ललकार्दै
चरमसीमा नाघिसके
आफ्नो आतङ्कको
संसार एउटा मसान भो
आँसु बगे नदीका
पृथ्वी मौन छिन्
अनुहारभरि कट्कटिएका
सुकेका दुई अश्रुधारा लिएर
चुपचाप चुपचाप
आफ्नो काखमा निदाएका शवहरू हेर्दै
स्वार्थ र सत्ताधारीहरूका द्वन्द्वमा
कैयौँ निर्दोष प्राणीहरूको प्राण आहुत भो
आकाश पनि चुपचाप रोएको छ।
तर ....त्यो असुर हाँस्छ खित्का छोडेर
खै .. ..तँ प्राणीहरूमा सर्वश्रेठ मानिने
खै......तँ उन्नति र विकासको रट लाउने
खै......तेरा अन्तिम दाउ ब्रह्मास्त्रको शक्ति
अहङ्कारले चूर भएका
लोभ र मोहमा अन्धो प्राणी!
आइज...सामना गर
ऊ चुनौती दिँदै छ
कुरुक्षेत्रमा उत्रिएका कर्म-योद्धाहरूलाई
मानव अनुशासनलाई
मानव चेतनालाई ।।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया