रासस
स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।
कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए।
उनका अनुसार स्वास्थ्य चौकीमा काम गर्नेलाई ५० प्रतिशत, हेल्थ डेक्समा काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत र क्वारेन्टाइनमा काम गर्ने कर्मचारीलाई एक सय प्रतिशत भत्ता दिनेछ।
यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सात वटै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हात धुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाले जनाएको छ।

नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया