के काेराेनाविरूद्धकाे लडाइँमा स्वीडेनकाे माेडल सफल हाेला?

कोरोना भाइरसका कारण इटाली, बेलायत जस्ता युरोपका देशमा कडा लकडाउन लागु गरिएको छ। तर, यूरोपकै देश स्विडेनमा त्यसको ठिक विपरित छ। स्विडेनले आफ्ना नागरिकलाई आफैं जिम्मेवार हुन सम्झाएको छ। स्विडेनले यसका लागि केवल एक गाइडलाइन्यस जारी गरेको छ। धेरैजसो मानिस घरबाटै काम गरिरहेका छन्, तर उनीहरु बाहिर निस्किएर गर्मी मौसमको आनन्द समेत लिइरहेका छन्।

के स्विडेनको यो नियम कोरानाविरुद्धको युद्ध जित्न सफल सावित होला? प्रश्न धेरैको मनमा उठ्न सक्छ। लामो जाडोपछि स्विडेनमा अहिले गर्मी सुरु भएको छ। मानिसहरु गर्मी मौसममा रमाइरहेका छन्। राजधानी स्टकहोमका मानिस गर्मीको फाइदा उठाउन बाहिर निस्किरहेका छन्। राजधानीको मारियाटार्गेट स्क्वायरमा मानिसहरु आइसक्रिम खान आइरहेका छन्। यस्तै सडक किनारामा युवाहरु ह्याप्पी आवर बबल्सको आनन्द उठाइरहेका छन्।

प्रकाशित मिति: : 2020-03-30 17:21:25

प्रतिकृया दिनुहोस्