एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बाँकेमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाकी २३ वर्षीय शोभा भट्टको मृत्यु भएको हो। 

मोटरसाइकल चालक कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका दन्दबिक्रम बिष्ट भने गम्भीर घाइते भएको कोहलपुर इलाका प्रहरी कार्यलयका डिएपी कुलदिप चन्दले जानकारी दिए। एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ का राम बहादुर थारुको हातमा सामान्य चोट लागेको उनले बताए। 

घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल,कोहलपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-03-31 12:17:45

प्रतिकृया दिनुहोस्