विदेशी एयरलाइन्सबाट काठमाडौं आएका यात्रुमा धमाधम कोरोना भाइरस सङ्क्रमण धमाधम पुष्टि हुन थालेपछि प्रहरीले विदेशबाट आएकाको खोजी सुरु गरेको छ ।
सरकारले सूचना जारी गरी सम्पर्कमा आउन आग्रह गर्दा पनि हालसम्म सम्पर्कमा नआएका १३६ जनाको प्रहरीले खोजी थालेकाे हो ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार, कतारकाे दाेहाबाट कतार एयरवेज चढी आएका १८ जना, युएईको सारजाहबाट एयर अरेवियाको विमान चढेर आएका ३९ र भारतको राजधानी नयाँ दिल्लीबाट भिस्टारा एयरलाइन्सको विमानबाट आएका ७९ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरुलाई पक्राउ गर्ने तयारी गरेकाे छ ।
प्रवक्ता जोशीले भने, ‘सम्पर्कमा नआएकाहरुलाई प्रहरीको केन्द्रीय हेल्थ डेक्सले देशभरि खोजी थालेको छ । अद्यागमनमा पनि उनीहरुको पूरा ठेगाना रहेनछ । त्यसैले खोजी गर्न समय लागेको हो । प्रहरीले पत्ता लगाउँछ ।’
उनले कोरोना भाइरस संक्रामक रोग भएकाले अरुमा फैलिएमा भयावह परिस्थिति आउन सक्ने हुनाले सचेत हुन आग्रह गर्दै भने, 'आफैँ सम्पर्कमा आएर क्वारेन्टाइनमा बस्न म अनुराेध गर्छु ।'
कतार एयरको चैत ४ गतेको उडानबाट काठमाडौं आएकामध्ये १४० जना सम्पर्कमा छन् । तीमध्ये तीन जनामा कोरोना पुष्टि भएको छ । उक्त विमानमा जम्मा १५८ जना यात्रु आएका थिए । १८ जनाको प्रहरीले खोजी गरिएको हो ।
उक्त दिन कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको क्युआर–६५२ नम्बरको उडानबाट नेपाल आएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बाँकी खोजी तीव्र गरिएको छ ।
त्यसैगरी एयर अरेबियाबाट आएका १७० यात्रु थिए । तीमध्ये १३१ जना सम्पर्कमा छन् । बाँकीको खोजी भइरहेको छ । उक्त विमान युएईको सारजाहबाट आएको थियो ।
दिल्लीबाट काठमाडौं आएको भिस्टारा विमानका १३० जनामध्ये ५१ सम्पर्कमा आएका छन् भने अरु सम्पर्कमा छैनन् ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया