बिएल संवाददाता
नेपालमा रहेर कलाकारितासँगै कुखुरापालन व्यवसाय गरिरहेका भेट्रन नायक सरोज खनाल अझै पनि अमेरिकी नागरिक नै रहेको पुष्टि भएको छ।
अमेरिकाले आइतबार सरोज खनालसहित ३०३ अमेरिकी नागरिकलाई नेपालबाट अमेरिका फर्काएपछि उनी अझै अमेरिकी नागरिक रहेको पुष्टी भएको हो।
राष्ट्रभक्तिको ठूलो कुरा गरेर नेपाल फर्केका खनालले अमेरिकी नागरिकता नै त्यागेर नेपाल फर्केको जस्तो मिडिया हाइप सिर्जना गरेका थिए। अझ धेरैले त उनले अमेरिकी नागरिकता नै नलिएको र ग्रिनकार्ड त्यागेर नेपाल फर्केको ठानेका थिए।
नेपाल फर्केपछि डा. बाबुराम भट्टराईको नयाँ नेपालको केन्द्रीय नेतृत्वमै पुगेकाले पनि उनी नेपाली नै रहेको धेरैलाई लागेको थियो। उनले नेपाली राजनीतिमा आउन चाँहिने नेपाली नागरिकता कायमै गरेको धेरैलाई लागेको थियो ।
अभिनेता सरोज खनालको परिवार भने अमेरिकामै रहेको छ। नातिको पास्नीका लागि अमेरिका आउने योजना लकडाउनका कारण स्थगित भएको उनले बताएका थिए।
अमेरिकी नागरिक भैसकेर पनि भरसक त्यो परिचय लुकाएर राष्ट्रप्रेमी नेपाली देखाउन खोज्ने सरोज खनाल एक्लो अमेरिकी-नेपाली हैनन्, उनीजस्ता थुप्रै अमेरिकी नेपाली छन् जो यस्तो चरित्र देखाइरहेका छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया