कोरोनाको डर हामीलाई पनि हुन्छ नि - ट्राफिक प्रहरी (भिडियो)

भिडियो सुरेन्द्र राना

नेपालमा कोरोना सङ्क्रमित फेला परेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ।

थप संक्रमित नहोस् भन्नका लागि सरकारलाई आव्हान गरेको लकडाउनलाई सुरक्षाकर्मीलाई कडाईका साथ पालना गराइरहेका छन्।

अत्याआवश्यक काम पर्दा एक प्रदेशबाट अर्को प्रदेश जाने सवारीदेखि मानिसमा समेत प्रहरीले निगरानी बढाएको छ। कोरोना भाईरसको सङ्क्रमण फैलन नदिन यती बेला सुरक्षाकर्मीहरु रातादिन सकडमा खटेर जनतालाई सचेत गराइरहेका छन्।

सिमीत स्रोत र साधनका बाबजुत सुरक्षाकर्मीहरू सर्वसाधारणको सुरक्षाका लागि सडक-सडकमा खटिएका छन्।

सबैलाई घरमै रहन आग्रह गर्ने प्रहरी जो आफैं सडकमा खटेर जोखिम मोलेर ड्यूटी गरिरहेको छ।

‘हामीलाई जोखीम छ भन्दैमा ड्यूटी नगर्ने कुरा भएन नि’, िएल नेपाली सेवासँग कुरा गर्दै महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले भने, ‘नागरिकलाई सुरक्षित राख्नु हाम्रो पहिलो दायित्व हो, हामी त्यहीँ दायित्व सम्झेर काम गर्दै आएका छौं।’

सबैभन्दा बढी जोखिम सुरक्षाकर्मीलाई रहेको भन्दै  उनले आफ्नो सुरक्षाभन्दा जनताको सुरक्षाको जिम्मेवारी लिएर हिड्ने प्रहरीको पहिलो दायित्य जनसेवा भएको स्पष्ट पारे।

‘हाम्रा पनि परिवार छन्, कतिपय हाम्रा कर्मचारी ड्यूटी सकेर बेलुका घर जान्छन्। त्यस्तो अवस्थामा उनीहरुलाई निकै रिक्स छ, अझ पछिल्ला दिनहरुमा कोरोना भाईरसको सङ्क्रमण देखा पर्न थालेका छन्। हामी त्यसमा निकै सजक भएर काम गरिरहेका छौं’, उनले भने।

सडकमा खटिएका करिब १४ सय ट्राफिक प्रहरीको अवस्था बुझ्न आफैं सडकमा आएर हौसला दिने गरेको बताउँदै उनले आवश्यक सुरक्षाका सामाग्रीको व्यवस्था गरिरहेको बताए।

‘सडकका साथीहरूलाई आवश्यक माक्स, सेनिटाईजर, ग्लोप्स लगाएत कोरोनाबाट बच्ने सामाग्री बितरण गर्दै आएको छु’, उनले भने।

लकडाउन लम्बिएपछि सडकमा सवारी साधनहरू केही बढ्न थालेको भन्दै उनले त्यसरी सडकमा भएको सवारी साधनलाई चेकजाँच गर्दा कसैसँग भएको सङ्क्रमण सर्ने डर उत्तिकै हुनेतर्फ प्रहरी सचेत हुनुपर्ने बताए।

‘हामीले हाम्रा कर्मचारीलाई फिल्डमै पुगी सुरक्षा चेकजाँचमा के कस्ता उपाय अपनाउने भन्ने बारेमा पनि जानकारी गराउँदै आएका छौं’, उनले भने।

ट्राफिक प्रहरीका लागि आवश्यक सामाग्रीदेखि बस्ने ब्यवस्थासमेत प्रभावकारी नभएको भन्दै उनले अब ब्यारेकदेखि उनीहरूको खाने बस्नेको बारेमा सोच्ने बेला आइसकेको बताए।

‘हामीसँग प्रयाप्त ब्यारेक छैन, दूरी कायम गरी बस्नुपर्ने बेलामा त्यस्तो अवस्था तत्काल नभएकाले हामी विचार गर्दैछौं’, उनले भने।

यो पनि 

हामीलाई कोरोना सर्ने त्राशभन्दा बढी नागरिकको चिन्ता छः एसएसपी ढकाल (भिडियो)

प्रकाशित मिति: : 2020-04-06 14:18:11

प्रतिकृया दिनुहोस्