वीरगञ्ज कोरोना अस्पताल सञ्चालन गर्न विज्ञ टोलीद्वारा सम्भाव्यता अध्ययन

प्रदेश २ सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारको लागि गठन गरेको विज्ञहरुको टोलीले मंगलबार वीरगञ्जका विभिन्न अस्पतालहरुको सम्भाव्यत स्थलत अध्ययन गरेको छ ।

प्रदेश सरकारले गठन गरेको चिकित्सकहरुको टोलीले मंगलबार महानगरका विभिन्न अस्पतालमा पुगेर चिकित्सक तथा प्रबिधिहरुसँग छलफल गर्दै अस्पलता संचालनको उपयोगीता बारे अध्ययन गरेको हो । सम्भाव्यत अध्ययन गर्ने टोलीमा सुरेन्द्र यादव, विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायलगयातको सहभागिता थियो ।

मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा प्रदेश सरकारको चिकित्सकहरुको विज्ञटोलीले वीरगञ्जस्थित नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेसनल ट्रेडिङ्ग र कृषी ज्ञान केन्द्रमा कोरोना भाइरसका लागी विशेष अस्पताल स्थापन गर्न सम्भाव्यत अध्ययन गरेको सांसद प्रदिप यादवले बताए।

सांसद यादवको नेतृत्वमा गएको टोलीले वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर हालका लागी कोरोनाको विशेष अस्पताल बनाउन सकिने बताएका छन् ।

‘टोलीले हालका लागि गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर कोरोना रोगको विशेष अस्पताल बनाउन सकिने उपयुक्त वातावरण रहेको बताएका छन, सांसाद यादवले भने, ’तर अहिले निश्चित भने भइसकेको छैन, अध्ययन टोलीले प्रतिवेदन सार्वजनिक नगरे सम्म केहि भन्न सकिँदैन, तर छिटो भन्दा छिटो अस्पतालको स्थापना गर्ने पक्षमा हामी सबै छौं।’ 

त्यसैगरी सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण समेत गरेका छन् ।

चौधरी फाउन्डेशनले प्रदेश नम्बर २लाई सहयोग स्वरुपमा प्रदान गरेका उक्त स्वास्थ्य सामग्री एक कार्यक्रम बिच सांसद यावदले नारायण अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: : 2020-04-07 17:31:15

प्रतिकृया दिनुहोस्