बिएल संवाददाता
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य मन्त्रीबारे अफवाह फैलाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोले बिहीबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चुनिखेलबाट खोटाङ ऐसेलुखर्क १ का २६ वर्षीय तारा नाछिरिङ र काभ्रे पनौती नगरपालिकाका ४६ वर्षीय रामकुमार रघु श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीहरूले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको फोटो प्रयोग गरी मानमर्यादामा आँच पुर्याएको प्रहरीको भनाइ छ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ले बन्देज गरेका सामग्रीहरू प्रकाशन गरेका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया