बिएल संवाददाता
क्यानडाको टोरोन्टोमा आयोजना हुने वल्र्ड मास्टर एथलेटिक्स टोरोन्टो २०२० स्थगित भएको छ ।
बिश्वमा माहामारीको रुपमा रहेको कोरोना (कोभिड – १९) का कारण जुलाई २० देखि अगष्ट १, २०२० मा टोरोन्टोमा आयोजना हुने भनिएको च्याम्पियनसिप स्थगित गरिएको आयोजक कमिटिले जानकारी गराएको नेपाल मास्टर्स एथलिट एसोसियशनका महासचिव भैरव शाहीले जानकारी गराए ।
खेल भन्दा पनि खेलाडी, कर्मचारी, भोलेन्टियर्स, अफिसियल तथा खेल संग सम्वन्धित अन्यको स्थास्थ्य र सुरक्षा पहिलो प्रार्थमिकता रहेकोले च्याम्पियनसिप हाललाई स्थगित गरिएको आयोजक कमिटिले पठाएको पत्रमा जानकारी गराईएको छ ।
च्याम्पियनसिपलाई माहामारी समाप्त भए पश्चात अर्को बर्ष संचालन गर्ने तर्फ पनि आयोजक कमिटीले विचार गरिरहेको र उक्त कुराको जानकारी पछि सुचित गरिने पनि पत्रमा जनाईएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया