बाह्रखरी
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको पछिल्लो सम्बोधनमा अबका दुईसाता नेपाल र नेपालीका लागि थप चुनौतीपूर्ण रहेको उल्लेख गरे । त्यो भनाइको आशय लकडाउनको पालना राम्ररी गर भन्ने थियो । त्यसको केही दिनपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले लकडाउन उल्लङ्घन महँगो साबित हुन सक्ने चेतावनी दिए । तर सरकारले यही लकडाउनको निर्देशन दिएर आफ्नो जिम्मेवारी पूरा भएको सोच्यो ।
लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विभिन्न उपायमा सरकार उदासिन देखियो–देखिँदै आएको छ । सरकारले जारी गरेका कतिपय महत्वपूर्ण सूचना दूरदराजसम्म पुग्दैनन्, कडा निर्देशनबारे सहरबजारमा मात्र जानकारी हुन्छ । लकडाउन, कोरोनाबाट बच्ने विभिन्न उपायहरुबारे पनि यस्तै अवस्था देखियो । सहरबजारका मानिस मात्रै जनता होइनन् । सरकारका सूचना वा नीतिनियम–निर्देशन र आदेशलाई सकेसम्म मुलुकका सबै ठाउँमा पुर्याउनु आवश्यक हुन्छ । सरकारी आग्रह, परिपत्र र सूचानाबाहेक आमनागरिकलाई यतिखेर सहज तरिकाले कसरी लकडाउन स्वास्थ्यका लागि नै हो र यसलाई पालना गर्नुपर्छ भनेर बुझाउन सकिन्थ्यो भन्ने विषयमा विकल्प खोज्न सकेको देखिँदैन । जनचेतनाका सन्दर्भमा सामाजिक अभियन्ता, कलाकार, साहित्यकार, वैज्ञानिक, खेलाडीजस्ता व्यक्तित्वलाई अघि सार्दा त्यो प्रभावकारी हुने संसारभर नै मान्यता रहिआएको छ ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया