बाह्रखरी
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको पछिल्लो सम्बोधनमा अबका दुईसाता नेपाल र नेपालीका लागि थप चुनौतीपूर्ण रहेको उल्लेख गरे । त्यो भनाइको आशय लकडाउनको पालना राम्ररी गर भन्ने थियो । त्यसको केही दिनपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले लकडाउन उल्लङ्घन महँगो साबित हुन सक्ने चेतावनी दिए । तर सरकारले यही लकडाउनको निर्देशन दिएर आफ्नो जिम्मेवारी पूरा भएको सोच्यो ।
लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विभिन्न उपायमा सरकार उदासिन देखियो–देखिँदै आएको छ । सरकारले जारी गरेका कतिपय महत्वपूर्ण सूचना दूरदराजसम्म पुग्दैनन्, कडा निर्देशनबारे सहरबजारमा मात्र जानकारी हुन्छ । लकडाउन, कोरोनाबाट बच्ने विभिन्न उपायहरुबारे पनि यस्तै अवस्था देखियो । सहरबजारका मानिस मात्रै जनता होइनन् । सरकारका सूचना वा नीतिनियम–निर्देशन र आदेशलाई सकेसम्म मुलुकका सबै ठाउँमा पुर्याउनु आवश्यक हुन्छ । सरकारी आग्रह, परिपत्र र सूचानाबाहेक आमनागरिकलाई यतिखेर सहज तरिकाले कसरी लकडाउन स्वास्थ्यका लागि नै हो र यसलाई पालना गर्नुपर्छ भनेर बुझाउन सकिन्थ्यो भन्ने विषयमा विकल्प खोज्न सकेको देखिँदैन । जनचेतनाका सन्दर्भमा सामाजिक अभियन्ता, कलाकार, साहित्यकार, वैज्ञानिक, खेलाडीजस्ता व्यक्तित्वलाई अघि सार्दा त्यो प्रभावकारी हुने संसारभर नै मान्यता रहिआएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया