कोरोना भाइरसको महामारीसँगै बढ्दैछ अफवाहको महामारी

देखापढी

काठमाडाैं

 सुनीता साखकर्मी

केही समय अघि सामाजिक सञ्जालमा एक सिंहको तस्वीर एकाएक भाइरल भयो। तस्वीरमा देखिन्थ्यो, मध्यरातमा सिंह शहर पसेको छ। उभिएर यताउति नियाल्दै छ। चोकमै सेतो कार पनि रोकिएको छ। तर, मानिस भएजस्तो लाग्दैन। वरिपरि ठडिएका ठूल्ठूला बिल्डिङमा पनि बत्ती बलेका छन्। तर, सिंहको डरले मानिसहरू घरभित्रै लुकेका छन्।

‘रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मानिसहरूलाई घरभित्रै राख्न ८०० बाघ र सिंह सडकमा छोडे’ भन्ने क्याप्सनसहितको यो तस्वीर सामाजिक सञ्जालमा धेरै सेयर भयो। तर, केही दिनपछि यो पोस्ट देखिएन। किनकी फेसबुकले यो तस्वीर र क्याप्सन गलत भएको भन्दै तस्वीरमा ‘फल्स इन्फर्मेसन’ लेख्यो।

भारतका मन्जोरी बोर्काेटोकीले यसबारे सत्य छानबिन गरेका थिए। छानबिनपछि यो तस्वीर क्याटर्स न्युज एजेन्सीले २०१६ मा नै सार्वजनिक गरेको पत्ता लाग्यो। मध्यरातमा दक्षिण अफ्रिकाको कुनै शहरमा खिचिएको थियो यो तस्वीर। तस्वीर र क्याप्सन फेक भएको पत्ता लाग्ने बित्तिकै फेसबुकले यो पोस्टलाई ‘फल्स इन्फर्मेसन’ लेख्यो। 

प्रकाशित मिति: : 2020-04-28 19:26:03

प्रतिकृया दिनुहोस्