सबैले बिर्सिएका श्रमिकलाई फेरि सम्झायो अदालतले

देखापढी

काठमाडौँ

 तुफान न्यौपाने

केही अंकहरूबाट नेपाली श्रम क्षेत्रको दृश्य हेरौं- केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने  नेपाल श्रमशक्ति सर्वेक्षणको २०७५ सालको आंकडा अनुसार नेपालमा करीब ७१ लाख मानिस कुनै न कुनै प्रकारले रोजगार छन्। यी मध्ये दुई तिहाइ भन्दा बढी अर्थात् कम्तिमा ४७ लाख ३३ हजार मानिस जम्मा चार वटा क्षेत्रमा काम गर्छन्।

ती हुन् - कृषि (२१.५ प्रतिशत), होलसेल तथा रिटेल व्यापार र मोटरसाइकल तथा अन्य सवारी मर्मत (१७.५ प्रतिशत), उत्पादनमुलक उद्योग (१५.१ प्रतिशत) र निर्माण क्षेत्रमा (१३.८ प्रतिशत)।

यी चार क्षेत्रको रोजगार अस्थायी प्रकृतिको हो। र, तुलनात्मक रूपले यी क्षेत्रमा कमाई पनि कम हुन्छ। उक्त सर्वेक्षणकै अनुसार देशभरका रोजगार १०० जनामध्ये ४४ जनाले मासिक रूपमा १५ हजार वा त्यो भन्दा थोरै कमाउँछन्।  विश्वबैंकको सन् २०१८ को तथ्याङ्कअनुसार पनि नेपालीको प्रतिव्यक्ति आय एक हजार ३३ अमेरिकी डलर छ,  जुन औषतमा प्रतिमहीना करीब १० हजार मात्र हो।

प्रकाशित मिति: : 2020-05-01 15:49:20

प्रतिकृया दिनुहोस्