फेसबुकमा निकट भविष्यमै फेसबुक लाइभका भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागु हुँदैछ।
कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिने कलाकारहरुको सहयोगका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो। यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ।
लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ। जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई नि:शुल्क रुपमा देखाउने कि स:शुल्क बनाउने भन्ने विकल्प रोज्न सक्नेछन्।
आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरुले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।
संगीतकार तथा गायक गायिकाहरु, कमेडियन, व्यायाम सिकाउनेहरुका साथै भाषण वा उद्घोषणका क्षेत्रमा संलग्न व्यक्तिहरु यस नियमबाट लाभान्वित हुनेछन्।
फेसबुकको यो नयाँ फिचरमार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफुले आर्थिक लाभ लिने नभइ कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन्। यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा डोनेट बटन थप गर्न सक्नेछन्।
डोनेट बटनमार्फत् संकलित शत प्रतिशत रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरुको खातामा जम्मा गरिदिनेछ।
फेसबुकले लाइभ भिडियो हेर्न शुल्क तिर्नुपर्ने नियम आगामी केही हप्ताबाटै लागू गर्नसक्ने बताइएको छ। यद्यपि उसले यो नयाँ फिचर सुरु हुने मितिचाहिँ तोकेको छैन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया