लकडाउनमा घरभित्रको साथी बन्दै डिस होम (भिडियो)

डिशहोममै कक्षा ४ देखि १० सम्मको पढाई, ६ महिनादेखि रिचार्ज नगरेकालाई निःशूल्क सेवा

भिडियोः सुरेन्द्र राना

चीनबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित महामारी रोक्न नेपाल सरकारले गत चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ।

सुरूमा ७ दिनका लागि गरिएको लक डाउनको अवधिमा नेपालमा संक्रमितको संख्या बढिरहेकाले अहिले लकडाउन पनि ४० दिन कटिसकेको छ। अत्यावश्यक काममा कार्यरत कर्मचारीबाहेक सबै मानिसहरु घर भित्रै थुनिएर बसेका छन् ।

यो अवधिमा घरभित्रै बसिरहँदा धेरैलाई समय बिताउन सकस भइरहेको छ । तर, अहिले गाउँमा होस या सहरमा सबै ठाउँमा डाइरेक्ट टु होम (डीटीएच) प्रविधिबाट टेलिभिजन सेवा प्रदान गर्दै आएको डिसहोमको सेवा पुगेको कारण टेलिभिजन हेरेर समय बिताउन सहज भइरहेको छ। सूचना तथा मनोरञ्जनमा साथ दिने भएकाले बालकदेखि वृद्धसम्म घरभित्रै बसेर टिभी हेर्ने गर्छन् ।

डिस होमले लकडाउनमा बिक्री पछिको सेवालाई मूख्य प्राथमिकतामा राखेको छ। आफ्नो सेवा प्रवाहमा कुनै समस्या नआओस् भनेर विशेष सतर्कतासमेत अपनाएको छ। लकडाउनको समयमा टिभी हेर्नेका संख्या ह्वात्तै बढ्ने र यसले सेवा प्रवाहमा समस्या हुन्छ कि, भनेर डिसहोमले अपनाएको पूर्वसावधानी अनुसार आफ्नो सेवाहरू निर्वाध रूपमा चलिरहेको जनाएको छ।

‘कोरोना संक्रमण सन्त्रासको कारण नेपाल सरकारले पनि गम्भीर पहल गर्छ भन्ने पूर्वअनुमान गरिएको थियो, त्यसैले सरकारले लकडाउनको घोषणा गर्नु अगाडि नै केही पूर्वतयारी गरेका थियौं, त्यही तयारीकै कारण अहिलेसम्म हाम्रो सेवा प्रवाहमा कुनै समस्या आएको छैन’, महाप्रबन्धक रमेश सापकोटाले बताए।

डिसहोमले पनि लक डाउनको अवधिमा ग्राहकलाई विभिन्न सुविधाजनक आकर्षक प्याकेजहरु ल्याइरहेको छ। डिसहोमका महाप्रबन्धक सापकोटाका अनुसार ग्राहकको सुविधालाई मध्यनजर गरेर विभिन्न सुविधाहरू थपिएको हो।

बिएल नेपाली सेवासँग विशेष कुरा गर्दै सापकोटाले डिस होमबाट कोभिड-१९ को सचेतनात्कम सन्देशहरू प्रशारण भइरहेको छ। कोरोना भाइरस (कोभिड १९) बाट कसरी बच्ने? भन्ने सार्वजनिक सूचनाहरु विभिन्न सेलिब्रेटिहरु, डाक्टर र विज्ञहरुबाट जानकारी गराइरहेको छ।

क्रेडिट सुविधा

डिस होमले रिचार्ज सकिए पनि क्रेडिट सुविधा दिएको छ। सुरूमा ५ दिन क्रेडिट दिँदै आएको डिस होमले अहिले १० दिनसम्म क्रेडिट दिने गरेको छ। साथै रिचार्ज नपाएका ग्राहकलाई घरघरमै पुर्‍याउने सुविधासमेत ल्याएको बताए।

योसँगै क्रेडिट सुविधा लिनेको संख्या ह्वात्तै बढेको उनले जानकारी दिए। ‘पहिलाको तुलनामा अहिले डिस होममा क्रेडिट लिने ग्राहक बढेका छन्। सायद बजार लक डाउनका कारण बन्द हुँदा रिचार्ज किन्न नपाएर हुनसक्छ’, उनले भने, ‘त्यसका लागि credit  स्पेश ग्राहक नम्बर (सेटअपबक्सको नम्बर) टाईप गरेर ३२५०० एसएमएस पठाएमा १० दिनको क्रेडिट सुचारू हुन्छ। यदी यो थाहा भएन भने डिसहोमकै १०० नम्बरको च्यानलमा निरन्तर रुपमा यसको बारेमा जानकारी दिइरहेको छ।’

तर, अहिले लक डाउन त निरन्तर रुपमा थपिदै गएको छ । जसको कारण ग्राहकले क्रेडिट सेवा लिएको समयअवधि पनि सकिएको र रिचार्ज गर्ने ठाउँ पनि खुला नभएर समस्यामा परेकाहरुलाई पनि अर्को सुविधा ल्याएको छ।

ग्राहकले डिसहोमको रिचार्ज सकिएको तथा क्रेडिट पनि उपयोग भइसकेको अवस्थामा रिचार्ज नपाएमा टोल फ्री नम्बरमा कल गरेर आफ्नो नाम र लोकेसन टिपाउन सक्नेछन्। (टोलफ्री नम्बर नेपाल टेलिकमका प्रयोगकर्ताले १६६००१२२००० मा सम्पर्क गर्न सक्छन भने एनसेल, सिडिएमए र अरु मोवाईल प्रयोगकर्ताहरुको लागि ९८०११५५००० मा सम्पर्क गर्न सक्ने डिसहोमले जनाएको छ)

उनीहरुले टिपाएको लोकेसनको आधारमा डिलर दाइमार्फत रिचार्जकार्ड उपलब्ध गराउने व्यवस्था कम्पनीले मिलाएको छ । देशभर हरेक स्थानीय तहमा गरी डिशहोमका १० हजार डिलर दाइ रहेका छन् ।

टोल फ्री नम्बरमा फोन नलागेको खण्डमा पनि ग्राहकलाई सहजता पुग्ने हिसावले कम्पनीले सामाजिक सञ्जालमा म्यासेज गरेर समेत यो सेवा लिन सकिने बनाएको छ ।

सस्तो प्याकेजलाई निः शुल्क थप च्यानल

डिस होमका सस्तो प्याकेज हेर्ने ग्राहकलाई सोही मूल्यमा लकडाउन सुरू भएदेखि नै थप च्यानल सित्तैमा हेर्न पाउने भएका छन्।

‘लक डाउन सुरू भएदेखिनै सस्तो प्याकेज हेरिरहेका सेवाग्राहीलाई अतिरिक्त पैसा नलिएर, फिल्म, समाचार लगायतका च्यानलहरु लकडाउन अवधिभर थपिदिएका छौं’, सापकोटाले भने, ‘यसका लागि कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन र सस्तो प्याकेज हेरिरहेका ग्राहकलाई थप सुविधा हुन्छ।’

‘डिस होम घरमै क्लास’

डिस होमले कक्षा ४ देखि एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर ‘डिस होम घरमै क्लास’ कार्यक्रम सञ्चालन गरिरहेको छ।

स्कुलहरू बन्द भएपछि विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारको पाठ्यक्रम अनुसार घरमै टेलिभिजनमार्फत पठाउन सुरू गरेको हो।

यसमा अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयको कक्षा सञ्चालन हुन्छ। कक्षा हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म प्रत्येक विषयको १ घन्टाका दरले पढाउने व्यवस्था गरेको छ।

डियरवाटको सहकार्यमा हुने पढाई च्यानल नम्बर ११४ मा कक्षा १०, च्यानल नम्बर ११५ (कक्षा ७, ८, ९) र च्यानल नम्बर ११७ (कक्षा ४, ५, ६) बाट प्रशारण हुनेछ।

यसबाट कोभिड १९ का कारण रोकिएको बच्चाहरूको पढाई केही हदसम्म निरन्तरता पाउने अपेक्षा गरेको छ।

सिनेमा घर

अहिले फिल्महलहरु बन्द छन् तर डिसहोमले सिनेमा घर भनेर दुई वटा च्यानल १०८ र ८८८ मा नयाँ नयाँ नेपाली फिल्महरु प्रशारण गरिरहेको छ । अहिले ८८८ मा छ माया छपक्कै र १०८ मा बुलबुल प्रशारण भइरहेको छ । यस्तै अन्डरकभर बुल्गेरियन सिनेमासमेत लगाएको छ। यसका लागि एक सोका लागि २२५ तिर्नुपर्ने हुन्छ।

यस्तै डिसहोमकै १०३ नम्बरमा सिनेमा घर भन्ने च्यानल छ। त्यसमा नयाँ र पुराना गरेर दैनिक ४ वटा फिल्महरु निरन्तर रुपमा निःशुल्क रुपमा देखाइरहेको सापकोटाले जानकारी दिए। यसबाट लक डाउनको अवधिमा ग्राहकको घरको साथी डिसहोम भएको छ। सबै उमेर समूहलाई मिल्ने खालका च्यानलहरु रहेकोले पनि सबैको प्रिय बन्न सफल भएको सापकोटा बताउँछन् ।

निःशुल्क रिकनेक्ट

यस्तै लामो समयदेखि डिस होम रिचार्ज नगरि सबेका ग्राहकहरूका लागि निःशुल्क सेवा ल्याएको छ। बिभिन्न कारणले विगत लामो समयदेखि रिचार्ज नगरि बसेका ग्राहकहरूका लागि एक महिनासम्म निःशुल्क सेवा दिने व्यवस्था मिलाएको सापकोटाले जानकारी दिए।

‘विविध कारणले विगत ६ महिनादेखि रिचार्ज नगरिबसेका ग्राहकलाई ३० दिनसम्म बिना शुल्क सबै च्यानलहरू हेर्न सक्नुहुन्छ,’ उनले भने।

यसका लागि आफूसँग भएको सेपअप बक्स अन मात्र गरे पुग्ने उनले बताए। केही समस्या भएमा टोल फ्री नम्बरमा कल गर्न सकिने उनले बताए।

डिलर दाइ डिस्काउन्ट अफर निरन्तर

डिलर दाई डिस्काउन्टको स्किमलाई पनि डिस होमले निरन्तरता दिइरहेको सापकोटाले बताए । लक्की ड्र भने लक डाउन खुलेपछि मात्र गर्ने योजना रहेको डिसहोमले जनाएको छ।

नेपालमा डिजिटल टेलिभिन प्रणालीको सेवा सूरूवात गरेको डिस होमले आज देशभरको ३० प्रतिशत बजार हिस्सा ओगटेको छ। अहिले ७७ वटै जिल्लाका १५ लाख घरमा १८ लाख सेवाग्राही रहेको डिस होमले दाबी गरेको छ।

डिसहोमले नेपाली च्यानल ४०/४२ वटा र अन्तर्राष्ट्रिय न्यूज चानल, मनोरन्जन च्यानल गरेर अहिले २ सय ८ वटा च्यानलहरु प्रशारण गरिरहेको छ।

डिसहोमको हाल ६/७ वटा प्याकेज सञ्चालनमा छन्।  जुन प्योकजको मुल्य २ सय ५०, ३ सय ५०, ४ सय, ४ सय २५ र ५ सय लगायतका छन्।

यो पनि हेर्नुहोस्

ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम

प्रकाशित मिति: : 2020-05-04 14:33:00

प्रतिकृया दिनुहोस्