‘मस्जिद जान नपाएर के भो, अल्लाह त सर्वत्र छन्’ (भिडिओसहित)

देखापढी

काठमाडौँ

 अनिता भेट्‌वाल

सूर्य नजाग्दै जागिसक्छन् अलाउद्धिन अन्सारी। सूर्य उदाउनुअघि नै उनले एक समयको नमाज पढी सिध्याउँछन् र भोजन गर्छन्। अब बेलुका घाम नअस्ताउँदासम्म उनको मुखमा पानी पनि पर्ने छैन। रमजानको रीत नै यस्तै छ। मुसलमान समुदायको महत्वपूर्ण चाड हो रमजान। महिनाभरी बिहान घाम नउदाउँदै नमाज पढेर खाना खाइसकेपछि दिनभर रोजा (उपवास) बस्‍ने पर्व हो यो। ५२ वर्षका अन्सारीले जान्‍ने भएदेखि रमजानको रीत पूरा गर्दै आएका छन्। तर, यो वर्ष थोरै फरक आएको छ। 

हरेक वर्ष उनी बेलुकाको नमाज पढ्न मस्जिद जाने गर्थे। उनीजस्तै अरू इस्लाम धर्मावलम्बीहरू पनि रमजानभर बेलुकाको नमाज पढ्न मस्जिदमा जम्मा हुन्थे। तर विश्‍वव्यापी महामारी कोभिड-१९ले १४४१ औं हिज्री वर्षको यो रमजानलाई विशिष्‍ट बनाइदियो। इस्लाम धर्मावलम्बीहरूले घरमै बेलुकाको नमाज पढ्नुपर्‍यो। 

प्रकाशित मिति: : 2020-05-08 08:06:36

प्रतिकृया दिनुहोस्