देशसञ्चार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले नेपाली भूमि अतिक्रमणको समस्यमा समाधान गर्न सरकार गम्भीर नदेखिएको बताएका छन्। भारतले नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक अक्रिमण गरेको बसिरहेको अवस्था त्यही क्षेत्रबाट मानसरोवर जाने बाटो खनेर उद्घाटन गरेको सार्वजनिक भएपछि नेपालमा फेरि विरोध सुरु भएको छ।
गत कात्तिकमा नेपाली भूमिसमेत समेटर भारतले नक्सा सार्वजनिक गरेपछि विपक्षी दलसहित सबै पक्षले राजनीतिक तहमै संवाद गर्न आग्रह गरका थिए। तर सरकारले त्यसप्रति चासो नदिँदा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटो छिचोलिएको दार्चुलाका कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले बताए। उनले समयमै राजनीतिक तहमा समस्या समाधानका लागि प्रयास नहुँदा भारतले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाए। देशसञ्चारसँग कुरा गर्दै उनले भने, ‘सबैले सरकारलाई म्याण्डेट दिएका छन्, प्रधानमन्त्री तहमै कुराकानी भनेर। सचिवको स्तरमा कुरा गरेर यो समस्या समाधान हुँदैन। राजनीतिक, उच्चस्तरमै वार्ता भए मात्र यो समस्याको समाधान खोज्न सकिन्छ। तर अहिले त कोरोनाको कारण भएन होला, त्यो भन्दा पहिला किन गर्नुभएन? वार्ता गर्न किन ढिलाइ भइरहेको छ? उदासीनता किन?’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया