यसकारण नेपालमै पर्छ सगरमाथाको चुचुरो (ऐतिहासिक दस्तावेजसहित)

देखापढी

काठमाडाै‌ं

 लक्ष्मण श्रेष्ठ

पानीढलो सिद्धान्तका आधारमा नेपाल-चीनको सिमाना निर्धारण गरिएकाले संसारकै अग्लो सगरमाथाको चुचुरो नेपालको हो जसको उत्तरी पानीढलो चीनमा पर्छ।

सुगौली सन्धि अनुसार महाकालीको मुहान भएकाले नेपालमै पर्ने लिम्पियाधुरा-लिपुलेकको भूभाग आफ्नोतर्फ पार्ने गरी भारतले मानसरोवरसम्म जाने बाटो बनाएपछि विवाद भइरहेको बेला अर्को छिमेकी देशसँगको सीमाबारे पनि प्रश्न सिर्जना भएको छ। संसारकै अग्लो हिमचुचुरो सगरमाथालाई चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा ‘सगरमाथा चीनमा पर्ने’ उल्लेख गरेपछि सामाजिक सञ्जाल तरंगित भएको छ।नेपाल-चीन सम्बन्धबारे चासो राख्ने केही बुद्धिजिवीले सगरमाथा नेपाल-चीनको सिमानामा पर्ने भएकाले सीजीटीएनले त्यस्तो लेख्नु गलत भएको दावी गरेका छन् भने कतिपयले सगरमाथा नेपालमै पर्ने दावी गरेका छन्। आखिर के हो त सगरमाथाको यथार्थ?

केही ऐतिहासिक प्रसंगबाट चर्चा गरौं।

विसं.२०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनबाट बहुमत ल्याएर नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका विश्वेश्वरप्रसाद कोइरालाको चीन भ्रमणताका पहिलोपटक औपचारिक रुपमा सगरमाथाबारे नेपाल र चीनबीच चर्चा भएको थियो। नेपालबाट गएको प्रधानमन्त्री कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ समकक्षीसमक्ष नेपाल-चीन सीमाको नक्सा प्रस्तुत गर्‍यो। त्यसैक्रममा सगरमाथाबारे चीनका नेता माओ त्से तुङसँग राय बाझिएको कोइरालाले चर्चा गरेका छन्। उनले आफ्नो आत्मवृतान्तमा माओसँग भएको सगरमाथाबारेको बहस यसरी सम्झिएका छन्-

 

प्रकाशित मिति: : 2020-05-10 17:39:46

प्रतिकृया दिनुहोस्