विष्णु पन्थी
न छाडौं है सही सोच्न, नसोचौं अन्यको क्षति॥
मनको स्वच्छताले नै, हुन्छ हाम्रो समुन्नति॥
-१
नकारौं सर्व द्वेषादि, जगाऔं धर्ममा मति॥
सत्कर्ममा लगाऔं है, ऊर्जा हाम्रो भए जति॥
-२
जनास्थामा टिकेको छ, धर्म संस्कार बन्धन॥
अन्धविश्वास त्यागेर, स्वीकारौं परिवर्तन॥
-३
व्यतीत भैसक्यो भूत,भविष्य अनजान छ॥
कार्यको पूर्णता-हेतु, हातमा वर्तमान छ॥
-४
जन्म मृत्यु जरा व्याधि, लागेका छन् पछिपछि॥
हाम्रो पछि उनी लागून्, नलागौं उनको पछि॥
-५
सत्य नै विजयी हुन्छ, छैन शङ्का यहाँ रति ।।
सत्यमा भिन्नता छैन, पाइन्छ शरणागति॥
-६
सर्वे भवन्तु सुखिन:
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया