काठमाडौंका टोल र गल्लीमा लकडाउन पालना गराउने स्थानीय अभियान (भिडिओसहित)

देखापढी

काठमाडौँ

 कृष्णसिंह धामी

३ जेठको दिउँसोपख काठमाडौंको ताहचालबाट एक महिला हिड्दै जैसिदेवलतर्फ लागिन्। जैसिदेवल मन्दिर नजिकै उनलाई रोकियो। स्थानीय युवाहरूले उनलाई कहाँ जान लागेको भनेर सोधे।

उनले घरमा पैसा पठाउन टेकु जान लागेको बताइन्। ‘तर टेकु जाने बाटो त जैसिदेवलबाट नभई कालिमाटी हुँदै जाने हो’ भन्दै स्थानीयले उनलाई जहाँबाट आएकी थिइन् त्यतै फकाईदिए।  

रेडक्रस प्रतिनिधि तथा जैसिदेवलका स्थानीय बासिन्दा राजेश्वरमहेश श्रेष्ठले ती महिलालाई अत्यावश्यक काम भए मात्र मास्क लगाएर बाहिर हिँड्न अनुरोध गरे। तर, ती महिला केही समय उनीहरूसँगै बाझिन्। उनले जसरी पनि टेकु जान पाउनुपर्ने माग गरिन्।

तर, युवाहरूले बिना काम बाहिर निस्किएको र आफुहरूलाई देखेपछि बहाना बनाएको भन्दै जताबाट आएको हो त्यतै फर्कन बाध्य पारे।  

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २ जेठबाट रेडक्रस, वडा कार्यालय र टोल सुधार समितिमार्फत् लकडाउनको पालना गराउन युवाहरू खटिन थालेका छन्। तिनै युवाले ती महिलालाई रोकेर सोधेका थिए।

 

प्रकाशित मिति: : 2020-05-17 08:13:41

प्रतिकृया दिनुहोस्