खर्च बढेपछि राहतको साटो काम दिन थाले स्थानीय तहले

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

पार्वती थापासँग थोरै पनि पैसा थिएन। ज्याला मजदूरीले धानिएकी उनको साँझ बिहानको छाक टार्ने पनि उपाय नभएपछि चन्द्रागिरी नगरपालिकाले दिएको राहतले नै बिहान–बेलुकाको गुजारा गरिरहेकी थिइन्।

१ जेठमा छोरीको जन्म दिन थियो। तर, छोरीलाई खुशी बनाउन एक छाक मिठो खुवाउने पैसा पनि थिएन।

चन्द्रागिरी नगरपालिकाको १५ नम्बर वडाले राहतको साटो काम दिने योजना ल्याएपछि भने पार्वतीलाई सजिलो भएको छ। उनी राहत थाप्ने लाम लाग्न होइन वडा कार्यालयले लगाएको काम गर्न गइन्। कामबापत आएको पैसाले छोरीको जन्म दिन पनि ‘धुमधामका साथ’ मनाइन्।

“सित्तैमा राहत थापिरहन पनि परेन। काम गरेपछि पैसा पनि पाइयो”, उनले भनिन्।

प्रकाशित मिति: : 2020-05-18 07:07:58

प्रतिकृया दिनुहोस्