अर्डर्न शताब्दीकै सबैभन्दा लोकप्रीय न्यूजील्यान्डको प्रधानमन्त्रीः पोल

एजेन्सी

न्यूजिल्याण्ड

कोरोनाभाइरस संकटपछि पहिलो पटक सार्वजनिक भएको सर्वेक्षणमा अर्डरनको लेबर १४ अंकले ५६% लोकप्रीय देखाएको छ। यो कुनै पनि पार्टीका लागि यो उच्च हो।

यसको विपरीत, संसदको सबैभन्दा ठूलो पार्टी - द नेशनलस् १२.७ अंकले घटेपछि ३०.६% मा खस्किएको छ।

यो सर्वेक्षण मे ८ देखि मे १६ को बीचमा आधा प्रतिक्रिया सहित संघीय बजेटपछि बिहिबार सम्पन्न भएको थियो।

मनपर्ने प्रधानमन्त्रीको रूपमा अर्डर्न ५९.५% मा थियो, अन्तिम सर्वेक्षणमा २०. ८% अंक बढ्यो, यो रीड रिसर्च पोलको ईतिहासमा कुनै पनि नेताका लागि उच्च स्कोर हो।

सर्वेक्षण देशको कडा स्तरको तीन तहको सार्वजनिक भावनालाई ध्यानमा राखेर तालाबन्दीको अन्तिम दिनमा भएको थियो, जसले करीव ९२.२% उत्तरदाताहरूले यसलाई सही आह्वान भएको भन्दै ब्यापक समर्थन पाएको थियो ।

प्रशान्त राष्ट्र एक महिना भन्दा बढी समयको लागि ‘लेबल ४’ मा बन्द गरिएको थियो, प्रतिबन्धहरू अप्रिलको उत्तरार्धमा एक निशानले कम गर्‍यो। यसले आफ्ना धेरै नागरिक र व्यवसायमा कडा सामाजिक उपाय लागू गरिरहेको छ। जसबाट समुदायमा भाइरस व्यापक फैलिनबाट रोक्न मद्दत गरिरहेको छ ।

गत बिहिबारदेखि यहाँका सपिङ मल, सिनेमा हल, क्याफे र जिमगायत देशका सबै व्यवसायहरू खुलेका छन्।

अर्डरनको अत्यन्तै उच्च वृद्धिले देशको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्न र पदाधिकारीको रूपमा तेस्री महिला बन्न पुग्दा न्युजिल्यान्डवासी ‘जेसिन्दा-मेनिया’ भन्ने वाक्यांश रचना बनाउन सफल भईन्।

हालैका साताहरूमा न्युजील्याण्डमा नयाँ संक्रमित दर नाटकीय रूपमा सुस्त भएको छ।

यो भाइरसले हालसम्म न्यूजील्याण्डमा १४९९ जना मानिसमा संक्रमित छ भने २१ जना व्यक्तिको मृत्यु भइसकेको छ।

विश्वव्यापी रूपमा ४९ लाख भन्दा बढी संक्रमित र ३२०,००० भन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-19 10:00:00

प्रतिकृया दिनुहोस्