यूएनकेएको अध्यक्षमा बरिष्ठ गुरु भिमसेन कार्की चयन

युनाइटेड नेप्लिज क्योकुशिन एडभान्समेन्ट् (यूएनकेए)को अध्यक्षमा क्यानाडा निवासी करातेका बरिष्ठ गुरु भिमसेन कार्की चयन भएका छन्।  

मे १७ को लागि तोकिएको साधरण सभा कोरोना भाइरसको महामारीका कारण रोकिएको पछि भएको मतदानमा उनी अध्यक्ष पदका लागि सदस्यहरुले दिएको मतको आधारमा चुनिएका हुन्। 

साधरण सभा बोलाउनु भन्दा अगाडि नै यूएनकेएको अध्यक्ष बाहेक सबै पदहरु निर्विरोध चयन भएका थिए।

यसरी चयन हुनेमा बरिष्ठ उपाध्यक्षमा सुरज क्षेष्ठ र उपाध्यक्षमा सुरज कार्की रहेका छन्। 

यता महासचिवमा मोहन बिष्ठ,कोषध्यक्षमा इन्द्र सुरज मल्ल पुनः चयन भएका छन्। कार्यसमितिकाे सदयस्यहरुमा राम केसी, धन लामा, सुर्दशन सिँखडा मल्ल र ज्ञानबहादुर तामाङ पुनः चयन भएका छन्। 
 

प्रकाशित मिति: : 2020-05-21 10:16:12

प्रतिकृया दिनुहोस्