सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि समर्थमा ट्वीट गरेकी अभिनेत्री मनिषा कोइरालाका विषयमा विभिन्न तर्कहरु आइरहेका छन्।
मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।
सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’
उनले गरेको ट्वीटलाई लिएर नेपालीहरुले मनिषाको उच्च प्रसंशा गरेका छन्। तर नेपालमा मनिषाको समर्थन भइरहँदा भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विरोध जनाइरहेका छन्।
भारतीय मिडियाहरुले खेदो खनिरहेका बेला नेपालीहरुले उनको साथ र समर्थन रहने जनाएका छ्न्।
यता सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन्।
नायिका पूजा शर्माले कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको भन्दै भारतीय मिडियामाथि आक्रोश पोखेकी छिन्।
पूजा लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो। मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रती टिठ लागेर आयो।’
उनले कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसेपनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छिन्–‘जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुछ्ने पराइलाई आमा भन्न सकिदैन, चेतना भया।’
नायिका शर्माले अगाडि लेखेकी छिन्–‘मनिषा कोइरालाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरिरहेका छन्। तर, उनीहाले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन्।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया