बिएल संवाददाता
जिल्लाको नरहा गाउँपालिका १ स्थित देविपुरमा राहतको विषयमा झडप हुँदा गोली चलेको छ।
नेपाली कांग्रेस तथा नेकपा पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए। राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भएको हो।
सोही क्रममा वडाध्यक्षसँगै रहेका नरहा गाउँपालिकाकी उपमेयर गुलाबदेवी चौधरीका छोरा अरविन्दले गोली चलाएका हुन्।
अरविन्दले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका छन्।
उनको दाहिने कञ्चटमा गोली लागेको एक स्थानीयले बताए। ‘मण्डललाई दाहिने कञ्चटमा गोली लागेको छ। गोली लागे लगत्तै एम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नहुँदा विराटनगर रिफर गरिएको छ,’उनले भने।
उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरी तीन जनालाई विराटनगर रिफर गरिएको उनले बताए। साथै सोही झडपमा परी दर्जनभन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा कांग्रेस तथा नेकपाका कार्यकर्ता रहेका छन्। उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ।
यता,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब निरीक्षक (डिएसपी) तथा प्रवक्ता विनोद घिमिरेले भने दुई पक्षीय झडपमा केही व्यक्ति घाइते भए पनि गोली चलेको वा नचलेकोबारे अहिले पुष्टि हुन नसकेको बताए।
‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ उनले भने,‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया