रातोपाटी
कोरोनाको महामारीले भयानक ढंगले लपेटिरहेको मुलुक भारतसँगको खुला सीमा र त्यहाँबाट फर्केकाहरुको उचित परीक्षण र व्यवस्थापन गर्न नसक्दा यतिखेर तराई क्षेत्रमा कोरानाको महामारी तीब्र रुपमा फैलिँदै गएको छ । तराईका बाँके, पर्सा, कपिलवस्तु, उदयपुर, रुपन्देही, रौतहट, झापा लगायतका जिल्लाहरुमा संक्रमितहरुको संख्या उच्च रुपमा बढ्दै गइरहेको छ ।
यतिखेर सरकारले तराईलाई उच्च जोखिम क्षेत्रको रुपमा राखेको छ । तराई क्षेत्रपछि संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । अहिले काठमाडौं उपत्यकाका तीनै जिल्लामा संक्रमित फेला परेका छन्, जसमध्ये काठमाडौंमा १०, भक्तपुरमा ३ र ललितपुरमा १ जना संक्रमित फेला परेका छन् । उपत्यका रहेको बागमती प्रदेशमा मात्रै हालसम्म २८ जना संक्रमित फेला परेका छन् । तीमध्ये १८ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने ९ जना निको भएर घर फर्केका छन् भने १ जनाको मृत्यु समेत भइसकेको छ । मृत्यु हुनेमा अस्थायी रुपमा काठमाडौं बस्दै आएकी एक जना सुत्केरी महिला हुन् ।
उपत्यकामा ‘कोरोना परीक्षणको दायरालाई फराकिलो र तिव्र बनाउनुपर्ने’ जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । कोरोना परीक्षणसँगै उपचार नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन, अन्य स्वास्थ्य पूर्वाधार तयार गरेर बसेका भविष्यमा जोखिम आएमा जुध्नका लागि सहज हुने उनी बताउँछन् ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया