रातोपाटी
कोरोनाको महामारीले भयानक ढंगले लपेटिरहेको मुलुक भारतसँगको खुला सीमा र त्यहाँबाट फर्केकाहरुको उचित परीक्षण र व्यवस्थापन गर्न नसक्दा यतिखेर तराई क्षेत्रमा कोरानाको महामारी तीब्र रुपमा फैलिँदै गएको छ । तराईका बाँके, पर्सा, कपिलवस्तु, उदयपुर, रुपन्देही, रौतहट, झापा लगायतका जिल्लाहरुमा संक्रमितहरुको संख्या उच्च रुपमा बढ्दै गइरहेको छ ।
यतिखेर सरकारले तराईलाई उच्च जोखिम क्षेत्रको रुपमा राखेको छ । तराई क्षेत्रपछि संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । अहिले काठमाडौं उपत्यकाका तीनै जिल्लामा संक्रमित फेला परेका छन्, जसमध्ये काठमाडौंमा १०, भक्तपुरमा ३ र ललितपुरमा १ जना संक्रमित फेला परेका छन् । उपत्यका रहेको बागमती प्रदेशमा मात्रै हालसम्म २८ जना संक्रमित फेला परेका छन् । तीमध्ये १८ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने ९ जना निको भएर घर फर्केका छन् भने १ जनाको मृत्यु समेत भइसकेको छ । मृत्यु हुनेमा अस्थायी रुपमा काठमाडौं बस्दै आएकी एक जना सुत्केरी महिला हुन् ।
उपत्यकामा ‘कोरोना परीक्षणको दायरालाई फराकिलो र तिव्र बनाउनुपर्ने’ जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । कोरोना परीक्षणसँगै उपचार नियन्त्रणका लागि व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन, अन्य स्वास्थ्य पूर्वाधार तयार गरेर बसेका भविष्यमा जोखिम आएमा जुध्नका लागि सहज हुने उनी बताउँछन् ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया