नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका भूभागहरु अब फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन्। नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता ल्याउने बताएको छ।
योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन्। नायक निखिल उप्रेतीले पनि आफ्नो भूमि फिर्ता ल्याउन माग गरेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताएका छन्।
निखिलले भने ‘,अब कसैसँग पनि झुक्न आवश्यक छैन। तर यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन्। उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ। त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ।’
निखिलले नेपालीलाई आत्मनिर्भर हुन आवश्यक रहेको पनि बताएका छन्। उनले भने,‘ लकडाउने पनि हामीलाई केही सिकाएको छ। विदेशी सामन बिना यति दिन बस्न सक्यौं भने अरु दिन पनि बस्न सक्छै। च्यसैले अब सकभर विदेशी चिजहरुलाई प्रयोग गर्ने कम गर्दै जानुपर्छ।’
नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ। कोरोना कति सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो। अहिले त्यसैले विश्वभर लकडाउन गराइदियो। यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ।’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया