नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका भूभागहरु अब फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन्। नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता ल्याउने बताएको छ।
योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन्। नायक निखिल उप्रेतीले पनि आफ्नो भूमि फिर्ता ल्याउन माग गरेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताएका छन्।
निखिलले भने ‘,अब कसैसँग पनि झुक्न आवश्यक छैन। तर यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन्। उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ। त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ।’
निखिलले नेपालीलाई आत्मनिर्भर हुन आवश्यक रहेको पनि बताएका छन्। उनले भने,‘ लकडाउने पनि हामीलाई केही सिकाएको छ। विदेशी सामन बिना यति दिन बस्न सक्यौं भने अरु दिन पनि बस्न सक्छै। च्यसैले अब सकभर विदेशी चिजहरुलाई प्रयोग गर्ने कम गर्दै जानुपर्छ।’
नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ। कोरोना कति सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो। अहिले त्यसैले विश्वभर लकडाउन गराइदियो। यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ।’
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया