
बिएल संवाददाता
राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आयोगका अध्यक्ष समिम मिया अन्सारीले आग्रह गरेका हुन्।
‘देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न आग्रह गर्दछु,’उनले भने।
उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरे।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गएर सामूहिक नमाज आदा गर्ने प्रचलन रहेको छ। रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए।
यस्तै अध्यक्ष अन्सारीले देशको कुनैपनि ठाउँबाट शनिबार चन्द्रमा देखिए आइतबार ईदु–उल–फित्र मनाउने नभए सोमबार मात्रै ईदु–उल–फित्रको नमाज आदा गरिने बताए।
इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गर्दछन्। रमजानको अन्तिम दिन ईद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने छ। आइतबार रमजान महिनाको अन्तिम ३० औं दिन रहेको छ।
‘
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया