रातोपाटी
प्रशोधित पाम आयलको निर्यातमा भारतबाट फेरि पनि अवरोध आएको छ । नेपालबाट ठूलो परिमाणमा पाम आयल भारत निर्यात हुँदै आएकोमा पछिल्लो समय भारतले एकाएक आयातमा रोक लगाएको हो । गत मे ११ देखिनै भारतले प्रशोधित नेपाली पाम आयलको आयातमा प्रतिबन्द लगाएको छ । नेपालबाट निकासी हुने वस्तुहरु मध्येकै सबैभन्दा ठूलो परिमाणमा पाम आयलको निर्यात हुने गर्छ । नेपालको कुल निर्यातको झण्डै २५ प्रतिशत निर्यात पाम आयल हुँदै आएको छ ।
केही समय अघिबाट मात्र पाम आयलको निर्यात थालेको नेपालले यसबाट ठूलै सफलता हाँसिल गरिरहेको छ । पाम आयलकै कारण पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा(सोधनान्तर) स्थिति समेत सुधारोन्मुख हुँदै गएको छ । तर, भारतको पछिल्लो अवरोधले पुनः नेपालको आयात निर्यातको व्यापारिक सन्तुलनमा धक्का लाग्ने देखिएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया