अवैध उत्खनन विरूद्ध जागे ढल्केबरका युवा

अवैध उत्खनन विरूद्ध जागे ढल्केबरका युवा

लकडाउनका बेला मधेशमा खोला उत्खनन तिब्र भईरहेका बेला धनुषा ढल्केबरका युवा अवैध उत्खनन विरुद् उत्रिएका छन्।

बसही खोलामा पर्ने नम्बरी जग्गाबाट निर्माण ब्यवसायीले गिट्टी वालुवाको अवैध उत्खनन थालेपछि मिथिला नगरपालिका ६ र ७ नं. वडाका युवाहरु उत्खनन हुन नदिन एक जुट भएका हुन्।

क्यमलीपुरहुँदै मिथिला नगरपालिकाले पर्यटकीय क्षेत्र घोषणा गरेको मिथिला तालसम्म पुग्ने ढलान बाटोको ठेक्का लिएर निर्माण थालेका ठेकेदारले बसही खोलामा पर्ने स्थानियबासीको नम्बरी जग्गाबाट उत्खनन तिब्र बनाएपछि युवाहरुले त्यसको विरोध गरेका हुन्।

‘उत्खननस्थल नजिकै श्री राष्ट्रिय आधारभूत विद्यालय छ’, स्थानीय जनक कार्कीले भने, ‘त्यही माथि सबैको नम्बरी जग्गा पर्ने ठाउँबाट उत्खनन गरेकाले हामी युवाले विरोध गरेका हौँ।’

अर्का युवा विनोद कार्कीले बारम्बार अनुरोध गर्दा पनि उत्खनन नरोकिएपछि विरोधमा उत्रिनु परेको बताए।

युवाहरुले उत्खननस्थलमा प्रयोग भएका ३ वटा ट्याक्टर समेत नियन्त्रणमा लिएका थिए। ठेकेदार पक्षले दोहोर्‍याएर पुनःउत्खनन नगर्ने प्रतिवद्ता गरेर उत्खनन गरेर आफूले गल्ति गरेको भन्दै माफी मागेपछि ट्याक्टर छाडिएको स्थानिय भोला घिमिरेले बताए।

बसही खोलाको उत्खनन् विरुद् उत्रिएका युवाहरुको अभियानलाई ६ नं. वडामा पर्ने स्थानिय प्रतिभा युवा क्लवले एक्येवद्ता जनाएर साथ दिएको छ।

बसही खोला छेउमा पर्ने औरही खोलाको उत्खनन विरोध गर्दा गत पुस २५ गते युवा दिलिप महतोको हत्या भएको थियो।

प्रकाशित मिति: May 23, 2020 18:04:37

प्रतिक्रिया दिनुहोस

सबै