किन बढ्न थाल्यो खाद्यान्नको मूल्य ?

देखापढी

काठमाडौँ

निकेश खत्री    

विश्वव्यापी महामारीको चपेटामा परेका उपभोक्ता खाद्यान्नमा भएको मूल्य वृद्धिले थप समस्यामा परेका छन्। दैनिक उपभोग्य वस्तुको सूचीमा पर्ने अत्यावश्यक वस्तुहरूको मूल्य बढ्दा उपभोक्ता मारमा परेका हुन्।

विभिन्न कारण देखाउँदै उद्योगी तथा व्यापारीहरूले खाद्यान्नको मूल्यवृद्धि गरेपछि खासगरी लकडाउनका कारण रोजगारी खोसिएका उपभोक्ता बढी मारमा पर्न थालेका छन्। 

खाद्यान्नको मूल्य वृद्धि हुनुको एउटा कारण, स्थानीय तहले राहत बाँड्दा बढेको माग पनि हो। पछिल्लो समय स्थानीय तहले राहत वितरणका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्न लागेका छन्।

यसरी, स्थानीय तहले खरिद गर्ने खाद्यान्न उद्योगीबाटै खरिद गरिन्छ। त्यहीकारण लकडाउनमा उद्योगबाटै मूल्य बढेर आउन थालेको छ। ठूलो परिमाणमा दाल, चामल, तेल र चीनि जस्ता उपभोग्य वस्तुको माग बढ्न थालेपछि उद्योगहरूले नै खाद्यान्नको मूल्य बढाउन थालेका हुन्।

प्रकाशित मिति: : 2020-05-24 20:19:31

प्रतिकृया दिनुहोस्