बिएल संवाददाता
                                आरबी लाइपजिगले जर्मन बुण्डेसलिगामा आइतबार शानदार जित हात पारेको छ। टिम वेर्नरले ह्याट्रिक गरेपछि लाइपजिगले माइन्जलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो।
माइन्जको घरेलु मैदानमा भएको खेलमा लाइपजिगले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो।
वेर्नरले ११ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए। युसुफ पाउलसेनले २३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। ३६ औं मिनेटमा मार्सेल सब्टिजरले गोल गरेपछि लाइपजिगले पहिलो हाफमा ३–० को अग्रता बनायो।
वेर्नरले दोस्रो हाफमा दुई गोल गरे। वेर्नरले ४८ औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने टिमको फराकिलो जित पक्का गरे।
ह्याट्रिकसँगै वेर्नरले बुण्डेसलिगामा यस सिजन गोलसंख्या २४ पुर्याएका छन्। तर सर्वाधिक गोल गर्नेमा वायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की छन्। उनको २७ गोल छ।
फराकिलो जितपछि २७ खेलबाट ५४ अंक जोड्दै लाइपजिग अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। माइन्ज २७ खेलबाट २७ अंकसहित १५ औं स्थानमा छ।
 
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया