बिएल संवाददाता
आरबी लाइपजिगले जर्मन बुण्डेसलिगामा आइतबार शानदार जित हात पारेको छ। टिम वेर्नरले ह्याट्रिक गरेपछि लाइपजिगले माइन्जलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो।
माइन्जको घरेलु मैदानमा भएको खेलमा लाइपजिगले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो।
वेर्नरले ११ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए। युसुफ पाउलसेनले २३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। ३६ औं मिनेटमा मार्सेल सब्टिजरले गोल गरेपछि लाइपजिगले पहिलो हाफमा ३–० को अग्रता बनायो।
वेर्नरले दोस्रो हाफमा दुई गोल गरे। वेर्नरले ४८ औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने टिमको फराकिलो जित पक्का गरे।
ह्याट्रिकसँगै वेर्नरले बुण्डेसलिगामा यस सिजन गोलसंख्या २४ पुर्याएका छन्। तर सर्वाधिक गोल गर्नेमा वायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की छन्। उनको २७ गोल छ।
फराकिलो जितपछि २७ खेलबाट ५४ अंक जोड्दै लाइपजिग अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। माइन्ज २७ खेलबाट २७ अंकसहित १५ औं स्थानमा छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया